बीपी प्रतिष्ठान धरानमा थप एकजना संक्रमितको मृत्यु

मोरङ– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटाका कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धनकुटा छथर जोरपाटी– ४ का ७७ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार बिहान ११ बजे मृत्यु भएको हो।

सहप्रवक्ता डा. पोखरेलका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि बिरामीलाई वैशाख १९ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

कोभिड १९ लक्षण देखिएसँगै गरिएको पीसीआर परीक्षणका क्रममा बिरामीमा वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो।

यससँगै प्रतिष्ठानमा हालसम्म उपचाररत १ सय ४३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

बैशाख २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्