अक्सिमिटर कालोबजारी गर्ने सातजना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – अक्सिमिटर लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने सातजना पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय अपराध अनुसन्धान महाशाखा, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोलीले बजार अनुगमन गर्दा मेडिकल सामग्री कालोबजारी गर्ने सातजनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर बरामद गरिएको छ।

पक्राउ परेका सातैजनालाई आवश्यक कारबाहीक लागि अपराध महाशाखाको जिम्मा लगाइएको छ।

बैशाख २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्