दुई चिनियाँ जहाज र हिमालयन एयरलाइन्स सामान लिएर बिहानै त्रिभुवन विमानस्थलमा

फाइल तस्बिर

काठमाडौँ – मेडिकल सामग्री लिएर बुधबार बिहानै चीनबाट तीनवटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।

हिमालयन एयरलाइन्सको विमान कुनमिङबाट तथा एयर चाइना र सिचुवान एयरलाइन्स छेङ्दुबाट मेडिकल सामग्री लिएर काठमाडौँ आइपुगेका हुन्।

हिमालयन एयरलाइन्स सामान लिन फेरि बुधबार साँझ कुनमिङ जाँदै छ। यसैबीच नेपाल एयरलाइन्सको विमान यात्रु लिन बुधबार नयाँ दिल्ली जाँदै छ।

एयर बबलअन्तर्गत भारतसँग सातामा दुईपटक उडान गर्ने सहमतिअनुरुप नेपाल एयरलाइन्स यात्रु लिन नयाँ दिल्ली जान लागेको हो।

वैशाख २३ गते साँझदेखि अन्य देशमा भने नेपालले अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको छ।

बैशाख २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्