थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि, १६८ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ६ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २ सय ३८ र ४२४ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर १६८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ।

हाल देशभर १ लाख १ हजार ६३४ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ४४४ जना कोरोना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

 

 

बैशाख २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्