पोखरा क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट खोल्न कस्सियो बतास फाउन्डेसन, उठ्यो डेढ करोड रुपैयाँ

तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार। फाइल।

काठमाडौँ – पोखरा क्षेत्रीय अस्पतालको आवश्यकता धान्ने अक्सिजन प्लान्ट निर्माणका लागि बतास फाउण्डेसनले अग्रसरता लिएको छ।

फाउण्डेसनका आनन्दराज बतासका अनुसार प्लान्ट निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने छ, अहिलेसम्म डेढ करोड रुपैयाँ उठिसकेको छ।

अटोवेज प्रालीका नारायण पौडेल, सेल वेज प्रालीका शुसिल प्रधानाङ्ग, सुपर मादी हाइड्रो पावरका पुष्प ज्योती ढुंगाना, क्वालिट एग्रिगेट माइनिङका देबबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालीले २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन् । बतास फाउण्डेसनले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रतिघण्टा १०–१५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्न सक्ने उक्त अक्सिजन प्लान्ट ६० देखि ९० दिनमा तयार गरिसक्ने आनन्दराज बतासले जानकारी दिए।

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्