ओमानमा जम्मा भएको ६ सय अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्स शनिबार जाँदै

फाइल तस्बिर

काठमाडौं – गैह्र आवाशीय नेपाली संघको राष्ट्रिय समन्वय समिती र नेपाली दुतावासको समन्वयमा प्राप्त हुन लागेको ६ सय अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहान आगामी शनिबार त्यहाँ जाने भएको छ।

सोही दिन चीनको बेइजिङबाट पनि ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन जाने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। बेइजिङमा प्रतिदिन उत्पादन हुने ५ सय ५० सिलिण्डर लिनका लागि नेपाल एयरलाइन्सको विमान दैनिक त्यहाँ पठाउने तयारी भइरहेको निगमले जनाएको छ।

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्