पूर्व एआईजी बमको घरमा कार्यरत प्रहरी मृत फेला

सांकेतिक तस्बिर

काठमाडौँ – नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक-एआईजी कमलसिंह बमको घरमा कार्यरत प्रहरी कर्मचारी मृत फेला परेका छन्।

कागेश्वरी मनहरा-६ मा रहेको बमको घरमा काम गर्ने प्रहरी परिचर बासुदेव धमला मृत भेटिएका हुन्। बमको घर नजिकै रहेको धमला बस्ने सानो घरमा उनी झुण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्