महोत्तरीमा जेठ १० सम्म निषेधाज्ञा

फाइल तस्बिर।

जनकपुरधाम– महोत्तरीमा निषेधाज्ञा जेठ १० गतेसम्मका लागि लम्ब्याइएको छ।

कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि निषेधाज्ञा जेठ १० गेतसम्म बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टाराईले जानकारी दिए।

महोत्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।

निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने छन्। स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने छ।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गरिनेछ।

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्