महोत्तरीमा लागुऔषधसहित एक जना पक्राउ

जनकपुरधाम – महोत्तरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–१४ का २५ वर्षीय राकेश ठकुरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

ठकुरीलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटेको प्रहरीको गस्ती टोलीले बर्दिबास–१४ स्थितबाट नाइट्राजेपाम ट्याब्लेट आइपी नाइट्रोभेट लेखिएको ८६ पिस, कोडेन फोसफेट क्लोरोफेनिरामाइन म्यालेट सिरपको ४ वटा बोतल, स्पास्मो प्रोक्सिभोन प्लस लेखिएको १ पत्तामा ८ क्याप्सुलसहित नियन्त्रणमा लिएको प्रवक्ता विष्टले जानकारी दिए।

त्यस्तै, बर्दिबास नगरपालिका–५ टुटेश्वर मन्दिर जाने जंगलको भित्री सडकखण्डमा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। अस्थायी प्रहरी पोस्ट माईस्थानबाट खटेको गस्ती टोलीलाई प्र.२–०२–००२ प ५३५७ नम्बरको स्कुटीमा सवार चालकले १ थान भरुवा बन्दुक त्यसमा लाग्ने फलामको बलको झोला र स्कुटी छोडेर फरार भएको प्रवक्ता विष्टले बताए।

स्कुटी, भरुवा बन्दुक र त्यसमा लाग्ने फलामको बल, २५ ग्राम बारुदजस्तो देखिने कालो धुलो बरामद गरेको र स्कुटी चालकको खोजतलास भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्