प्रदेश–१ मा १०३९ संक्रमित थपिए, १५७ जना डिस्चार्ज, १५ को मृत्यु

मोरङ– प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९)का हालसम्मकै उच्च संख्यामा नयाँ संक्रमित थप भएका छन्। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरि प्रदेशमा १ सय ५७ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

बिहीबार प्रदेशका विभिन्न स्थानमा गरिएको २ हजार १ सय ६२ पीसीआर परीक्षणमध्ये ४ सय ४० महिला र ५ सय ९९ जना पुरुषमा संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार मोरङमा ४ सय ५, झापामा २ सय ५७, सुनसरीमा १ सय ४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा समान ९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगर महानगरपालिकामा १ सय ३० महिला र १ सय ६६ पुरुषसहित २ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। मोरङकै सुन्दरहरैंचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा समान ३, पथरीशनिश्चरे, कानेपोखरी, रंगेली र धनपालथानमा समान २, ग्रामथान, बुढीगंगा र लेटाङमा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यस्तै झापाको विर्तामोडमा ७७, मेचीनगरमा ३२, दमकमा ३१, अर्जुनधारामा २४, कनकाईमा २३, बुद्धशान्तिमा १८, शिवसताक्षीमा १५, कमल गाउँपालिकामा ११, भद्रपुरमा ८, गौरादहमा ७, बाह्रदशीमा ५, झापा गाउँपालिका र स्थानीय तह नखुलेकामा समान २, गौरीगञ्ज र कचनकवलमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

सुनसरीको इटहरीमा ६८, धरानमा ५४, इनरुवामा ५, हरिनगर, दुहवी र स्थानीय तह नखुलेकोमा समान ३, बर्जुमा २, भोक्राहा नरसिंह, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा समान १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि पहाडी क्षेत्रतर्फ, ताप्लेजुङको फुङलिङमा ५७, मिक्वाखोला र याङवरकमा समान ६, श्रीजंगामा ४, मेरिङदेनमा ५, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ३४, धर्मदेवीमा ९, चैनपुरमा ६, सभापोखरीमा ३, मादी र मकालुमा समान १, सोलुखुम्वुको सोलु दुधकुण्डमा १३, नेचासल्यानमा ४, थुलुङ दुधकोशीमा २, महाकुलुङमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, छथरमा ३, महालक्ष्मी, पाख्रीवास र स्थानीय तह नखुलेकोमा समान १, भोजपुरको भोजपुरमा ८, षडानन्दमा १, उदयपुरको त्रियुगामा ७, स्थानीय तह नखुलेका २, इलामको सूर्योदयमा २, माई, रोङ र इलाम नगरपालिकामा समान १, पाँचथर फिदिम, मिक्लाजुङ र स्थानीय तह नखुलेकामा समान १, तेह्रथुमको आठराईमा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको छ।

हालसम्म प्रदेशभर कोरोना संक्रमितको संख्या ४१ हजार ८ सय ५६ पुगेको छ। संक्रमित भएका मध्ये ३० हजार ६ सय २७ संक्रमणमुक्त भएका छन्। प्रदेशमा सक्रिय संक्रमितको संख्या १० हजार ६ सय १४ पुगेको छ। प्रदेशमा बिहीबार १५ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्