प्रचण्डसहित माओवादी शीर्ष नेताहरुको टोली देउवा निवासमा

काठमाडौँ – अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।

माओवादी नेताहरुको टोली शुक्रबार बिहान ११ बजे देउवा निवास बूढानीलकण्ठ पुगेको हो।

प्रचण्डसहित माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, ओनसरी घर्ती लगायत देउवा निवासमा छन्।

श्रोतका अनुसार देउवा निवासमा जसपाका नेता उपेन्द्र यादव पनि पुगेका छन्।

 

बैशाख ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्