कांग्रेसले टुंग्यायो ४५ जिल्लाको क्रियाशिल सदस्यता, जेठ ७ गतेसम्म दाबी विरोध गर्न पाइने

फाइल तस्बिर।

काठमाडौँ – नेपाली कांग्रेसले ४५ जिल्लाको क्रियाशिल सदस्यताको टुंग्याएको छ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले बिहीबार ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशिल सदस्यता नविकरण एवं नयाँलाई अन्तिम रुप दिएको हो।

समितिका सचिव केशव रिजालले सफ्टवेयरमा अन्तिम भएका क्रियाशिल सदस्यतालाई राखिएको र त्यसमा कुनै दाबी विरोध भए सूचना दिन आह्वान गरिएको जानकारी दिए।

जारी गरिएको सूचनामा भएिको छ, ‘सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी वा गुनासो भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले २०७८ जेठ ७ गतेभित्र लिखित उजुरी गुनासो पठाउन सक्नेछन्।’

क्रियाशिल सदस्यको विवरण www.nepalicongress.org  मा राखिएको छ।

आउँदो भदौमा हुने पार्टीको १४औँ महाधिवेशनका लागि कांग्रेसले तयारी तीव्र बनाएको छ।

यी हुन क्रियाशिल सदस्यताको टुंगो लागेका ४५ जिल्ला


 

बैशाख ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्