प्रचण्डले भनेः माधवजीले धोका दिनुभयो भन्न मिल्दैन

फाइल तस्बिर।

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने प्रक्रिया दिएका छन्।

बहुमतीय सरकार गठनका लागि अन्तिमसम्म पहल गरे पनि एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले नेपाल पक्षले धाका दियो भनेर भन्न नमिल्ने बताएका हुन्।

नेपाल पक्षले सांसद पदबाट राजीनामा दिएपछि कायम रहेको संख्या घट्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने योजना थिए। संसद भवन नयाँ बानेश्वरमा कोरोना खोप लगाउन पुगेका दाहालले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न, उहाँहरुमा पनि केही समस्या होलान्।’ उनले अगाडि भने, ‘उहाँहरु आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षकै क्रममा रहेकाले अहिले नै धोका दिनुभयो भन्नु शब्द हुन्छ।’

आफ्नो चाहनाअनुसार सरकार गठन हुन नसकेपछि कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षले समीक्षा गरेको छ।

प्रचण्ड
संसद भवन नयाँ बानेश्वारमा कोरोनाको दोस्रो खोप लगाउँदै प्रचण्ड।
बैशाख ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्