ओलीले लिए तेस्रोपटक प्रधानमन्त्रीको शपथ

काठमाडौँ  – केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्।

बिहीबार संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यसअघि उनी २०७२ मा संविधान घोषणा पछि र २०७४ को चुनावपछि प्रधानमन्त्री बनेका थिए।

प्रधानमन्त्री ओलीसँगै नवनियुक्त उपप्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुले पनि शपथ लिएका थिए।

बैशाख ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्