काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलका नेताका रुपमा शुक्रबार प्रधानमन्त्रीको सपथ लिएका छन्।

उनीसँगै अघिल्ला सबै मन्त्रीहरु दोहोरिएका छन्। यसअघि उनी बहुमत प्राप्त प्रधानमन्त्री थिए। संसदमा उनले विश्वासको मत जित्न सकेनन् तर अन्य पार्टीहरु मिलेर पनि नयाँ सरकार बनाउन सकेनन्। त्यसपछि ओली फेरि प्रधानमन्त्री नियुक्त भएका हुन्।

शुक्रबार नवनियुक्त प्रधानमन्त्री ओली सवारी हुँदा सडकमा अत्यावश्यक भएर चलिरहेका सवारी साधनलाई समेत रोकिएको थियो।

निषेधाज्ञामा सडक खालि गरिएपछि चेकजाँच र होल्ड पनि बन्द गरिएको थियो।