साहित्यकार रमा प्रसाद रिजालको निधन

मोरङ – प्रजातन्त्र सेनानी एवं साहित्यकार रमा प्रसाद रिजालको शुक्रबार निधन भएको छ।

विराटनगर महानगरपालिका निवासी ९३ वर्षीय रिजाल केही दिनदेखि अस्वस्थ थिए। उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

परिवार सदस्यका अनुसार कोरोना संक्रमणका कारण उपचाररत रिजालको अस्पतालमा निधन भएको हो। ०४६ सालको प्रजातन्त्र आन्दोलनका क्रममा रिजालले मोरङको कमाण्डरको भूमिका निर्वाह गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले मोरङ मात्र नभएर कांग्रेसले एक सच्चा अभिभावकलाई गुमाएको बताए।

०४५–४६ सालको प्रजातन्त्र आन्दोलनबाट नजिक भएर काम गरेको स्मरण गर्दै नेता अर्यालले कांग्रेसको योद्धा, युवालाई सधँै सकारात्मक सोचले अघि बढ्न प्रेरित गरिरहने व्यक्तित्वका रूपमा आपूmले पाएको बताए।

आन्दोलनका क्रममा बनेको समितिमा गिरिजाप्रसाद कोइरालाले मोरङमा आपूmलाई समेत युवा परिचालनको जिम्मेवारी दिँदा रिजालसँग पटकपटक छलफल र संवाद हुँदै गएको अर्यालले बताए। रिजालले युवादेखि असहाय धेरैलाई स्नेहपूर्व सहयोग गर्दै आएको नेता अर्यालले उल्लेख गरे।

प्रजातन्त्र आन्दोलनमा मात्र रिजाल सीमित थिएनन्। रिजाल एक राम्रो फुटबल खेलाडीसमेत रहेको अर्यालले जानकारी दिए।

त्यसैगरी, साहित्य क्षेत्रमा समेत दख्खल राखेका रिजालको तीनवटा कृति प्रकाशित छन्। रिजालको दुखेको वर्तमान, एउटा कथा आँगनको र एक चस्को दुखेको मुटु गरी तीनवटा कृति प्रकाशित छन्।

पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितका अनुसार साहित्य क्षेत्रमा समेत विशेष भूमिका खेलेका रिजालको संरक्षकत्वमा प्रेस युनियनमा प्रत्येक वर्ष पत्रकारलाई रमाप्रसाद मायादेवी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएका थिए।

प्रेस युनियनका पूर्वअध्यक्ष नवोदिनले यस क्रममा पाँच जना पत्रकार पुरस्कृत भइसकेको जानकारी दिए। धनकुटामा जन्मिएका रिजालका सात छोरा र दुइ छोरी र श्रीमती छन्। रिजालका शुक्रबार अपराह्न परोपकारघाटमा अन्त्येष्टि गरिएको छ।

बैशाख ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्