महेश बस्नेतको व्यवस्थापनमा ठाकुरका सांसदले उठाए जम्मा ९० हजारको बिल

काठमाडौँ – यतिबेला जसपा फुटको अन्तिम संघर्षमा छ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो एकातिर छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई एकातिर। सरकार गठनका विषयले जसपामा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ।

एक पक्षले अर्कोले गरेको निर्णयप्रति विरोध र आपत्ति जनाउँदै सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्ने होडबाजी चलेको छ।

तटस्थ बसेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ठूलो दलको हैसियतमा सरकार गठन गर्न सहयोग गर्ने कि ओलीको विकल्प खोज्ने भन्ने विषयमा विवाद हुँदा पार्टी नै दुई चिरा परिसकेको छ।

वैकल्पिक सरकारको पक्षमा रहेका यादव–भट्टराई पक्षले सांसदहरुलाई प्रभावित पार्न सक्ने आँटकलन गर्दै ठाकुर पक्षले बिहीबार आफू निकट १९ जना सांसदलाई भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा लगेर मध्यरातिसम्म राख्यो।

बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय ९ बजेसम्म हुँदा त्यसपछि मात्रै ठाकुरले सांसदहरुलाई रिसोर्टबाट छाडेका थिए। उक्त दिन दिउँसो करिब २ बजेतिर त्यहाँ पुगेका सांसदहरुले बेलुकासम्म जम्मा ९० रुपैयाँ मात्रै खर्च गरेको बिल सार्वजनिक भएको छ।

ओली निकट सांसद महेश बस्नेतको व्यवस्थापनमा रिसोर्ट पुगेका सांसदले त्यस दिन जम्मा ९० हजार मात्रै देखाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको बिलमा मिटिङ हलको ११ हजार, स्याण्डबीच २४ हजार, लञ्ज ४४ हजार ७ गरी ७९ हजार ७ सयमा र १३ प्रतिशत भ्याट जोडी रिसोर्टले ९० हजार ६१ रुपैयाँ लिएको छ।

ठाकुरले सांसदहरु रिसोर्टमा लैजाँदा कांग्रेस, माओवादी र यादव पक्षले सरकारमा दाबी नै गर्न पाएन।

जेठ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्