बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोना फेमेनिनोले चेल्सी महिला टिमलाई परातिज गरेर उपाधि जितेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ४–० को जित दर्ता गरेको हो ।

तीन खोल बार्सिलोना आफैले गर्‍यो भने एक गोल उपहारमा पायो । खेलको पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरि बार्सिलोनालाई अग्रता दिलाइन् ।

बार्सिलोनाकी पुतेलासले १४ मिनेटमा पेनाल्टीमार्फत तथा २० औँ मिनेटमा बोन्माती र ३६ औँ मिनेटमा हान्सेनले गोल गरेकी हुन् ।

जेठ ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्