पिएसजीलाई स्तब्ध पार्दै लिले बन्यो फ्रेन्च च्याम्पियन

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिले फ्रेन्च च्याम्पियन बनेको छ।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको यो सिजनको अन्तिम तथा उपाधिका लागि महत्वपूर्ण खेलमा जित निकाल्दै लिलेले उपाधि उचालेको हो ।

चौथोपटक उपाधि उचालेको लिलेले आइतबार राति भएको खेलमा एङ्गर्सलाई २–१ ले परातिज गरेको हो ।

लिलेका लागि डेविडले १० औँ तथा यिलमाजले पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । एङ्गर्सका लागि इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा फुल्गिनीले एक गोल फर्काए ।

आइतबार राति नै ब्रेस्टमाथि २–० को जित निकाले पनि पिएसजी उपाधिबाट पछि रहन बाध्य भयो लिलेको जितका कारण ।

एक अंकले मात्रै पिएसजीलाई पछि पारेर लिले उपाधि जितेको हो । लिलेको ८३ तथा पिएसजीको ८२ अंक रह्यो । पिएसजी पछिल्लो ९ वर्षमा मात्रै दोस्रो पटक उपाधि विजते बन्न नसकेको हो ।

जेठ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्