म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवलाले जिते वर्ष प्रशिक्षक अवार्ड

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक घोषित भएका छन् ।

सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । सिटीले पछिल्लो चार वर्षमा तेस्रोपटक लिगको उपाधि जितेको छ ।

यस्तै म्यानचेस्टर सिटीले यो सिजन लिग कप फुटबलको उपाधि पनि जितेको छ । सिटीले च्याम्पियन्स लिग फुटबलको फाइनलमा चेल्सीसँग मे २९ मा प्रतिस्पर्धा गर्दै छ ।

गार्डिवलाले यसअघि गएको २०१७–१८ को सिजनमा लिग प्रशिक्षक एसोसिएसन मार्फत वर्ष प्रशिक्षक अवार्ड पाएका थिए ।

जेठ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्