रियल बेटिसका कप्तान ख्वाकिनले ४० वर्षको उमेरमा पनि लिग खेल्ने

रियल बेटिसका कप्तान ख्वाकिनले क्लबसँग नयाँ सम्झौता गरेसँगै ४० वर्ष पुग्दा पनि ला लिगामा खेल्ने पक्का भएको छ ।

स्पेनिस राष्ट्रिय टिमका पूर्व खेलाडी ख्वाकिन स्पेनिस ला लिगामा सबैभन्दा पाको उमेरमा गोल गर्ने खेलाडी हुन् । उनले ३९ वर्षका सात महिना पाँच दिनको हुँदा गएको मार्च ८ मा एलाभेसमाथि ३–२ जित दर्ता गोल गरेका थिए ।

भ्यालेन्सिया र मालागाबाट पनि खेलेका ख्वाकिन आउँदो जुलाईमा ४० वर्ष पूरा हुने छन् । ख्वाकिनले ला लिगामा अहिलेसम्म ५७९ खेल खेलिसकेका छन् ।

जेठ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्