डाक्टर र नर्समाथि सांघातिक हमला गर्नेहरुलाई कारबाही गर्न माओवादी केन्द्रको माग

फाइल तस्बिर।

काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि भएको आक्रमणको घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यलाई ख्याल नगरेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गर्न माग गरेका छन्।

‘डाक्टर र नर्सहरुमाथि कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ। हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ’, प्रचण्डले सामाजिक सञ्जालमा जारी गरेको वक्तव्यमा उल्लेख छ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्।

बिहीबार राति दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पताल, नेपालगञ्जमा आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेका थिए।

जेठ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्