हुम्लामा ८ वटा नयाँ अक्सिजन कन्सन्ट्रेटर

हुम्ला – स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारलाई मध्यनजर राखि आठवटा नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ ।

जिल्लामा दैनिक रुपमा संक्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । दुर्गममा कोरोना संङ्क्रमितको उपचारका लागि बढि उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरि ल्याइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

यसअघि जिल्ला अस्पतालमा तीनवटा अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले जानकारी दिए । १२ जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षेमता अस्पतालसँग छ ।

जेठ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्