कोरोना संक्रमणका कारण पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु

झापा- नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

झापाको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा दश दिनदेखि उपचार गराइरहेका ४५ वर्षीय भण्डारीको शनिबार दिउँसो मृत्यु भएको हो।

अस्पतालमा उपचारका क्रममा कुनै सुधार नभएपछि परिवारका सदस्यले दिउँसो ३ बजे घर लैजाने भनेर विरामी लिएर गएको बिर्तासिटीका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए।

उनको उक्त अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको थियो।

घरतर्फ लैजाने क्रममा पत्रकार भण्डारीको मृत्यु भएको उनका दाजु उमानाथ भण्डारीले जानकारी दिए।

जेठ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्