कोरोना संक्रमणले त्रिविका दुई सहप्राध्यापकसहित ११ शिक्षक र १२ कर्मचारीको ज्यान गयो

काठमाडौं- कोरोना संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयका दुई सहप्राध्यापक  र पाँच उप प्राध्यापकसहित ११ शिक्षकको ज्यान गएको छ। यसैगरी १२ जना कर्मचारीको पनि मृत्यु भएको त्रिभुवन विश्वविधालय रजिष्ट्रार कार्यालयले जनाएको छ।

ज्यान गुमाउनेमा दुई जना शिक्षण सहायक र दुई जना आंशिक शिक्षक पनि छन्।

शंकरदेव क्याम्पस र पद्म कन्या क्याम्पसका सह प्राध्यापक क्रमश किशोर महर्जन र डा.शेरजङ खड्का तथा उपप्राध्यापकहरुमा अंग्रेजी केन्द्रीय विभाग, कीर्तिपुरका शंकर सुवेदी, पद्मकन्या क्याम्पसका विनय प्रसाई, शिक्षा शास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका दीपक मैनाली, भोजपुर बहुमुखी क्याम्पसका निमा शेर्पा  र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका उमेश यादब रहेका छन्।

शिक्षण सहायकमा  महेन्द्ररत्न क्याम्पस ताहाचलका धर्मेन्द्र महर्जन र महेन्द्रबहुमुखी क्याम्पस, नेपालगन्जका डोलबहादुर भण्डारी रहेका छन्। आंशिक शिक्षकहरुमा ठाकुरराम बहुमुखी क्याम्पस, विरगन्जका मनोज चौरसिया र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका नविन कर्ण छन्।

कर्मचारीहरुतर्फ लेखा परीक्षण महाशाखा, कीर्तिपुर प्रमुख शम्भुप्रसाद भट्टराई र पुल्चोक क्याम्पसका उप प्रशासक संगिता श्रेष्ठ मल्लबाहेक पाँच जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगी छन्।

जेठ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्