गुराँस लाइफ इन्स्योरेन्सको कम बिमा शुल्कमा अधिकतम प्रतिफल दिने प्रतिबद्धता

काठमाडौँ– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बिमा पोलिसी जारी गरी नेपालमा जीवन बिमा व्यवसाय सुरु गरेको थियो।

वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बिमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

साथै, आम जनतामा बिमाको पहुँच पुर्‍याउन निरन्तर लागिपर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बिमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षमा १० अर्बभन्दा बढीको जीवन बिमा कोष बनाउन सफल भएको जनाएको छ।

एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३ वर्ष पूरा गरी १४ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बिमा पनि बचत पनि, कम बिमा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अगाडि सारेको छ।

जेठ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्