विध ल्याबद्वारा ललितपुर महानगरपालिकालाई २० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौँ– विध ल्याबले ललितपुर महानगरपालिकालाई २० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। दुई सयवटा सहयोग गर्ने भनिएकोमा सोमबार २० वटामात्र हस्तान्तर गरेको र बाँकी पनि आवश्यकता अनुसार हस्तान्तरण गर्ने विध ल्याबले जनाएको छ।

ल्याबले सोमबार महानगरपालिकाको कार्यालयमा सिलिण्डर हस्तान्तरण गरेको हो।

गएको जेठ १३ गते विध ल्याब र ललितपुर महानगरपालिकाबीच कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको थियो।  समझदारीअनुसार ल्याबले १० लिटर क्षमताका २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ।

गएको जेठ १३ गते बिध ल्याब र ललितपुर महानगरपालिकाबीच कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको थियो ।

विधले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने समझदारीपत्रमा उल्लेख छ।

आवश्यक परे ल्याबले महानगरलाई थप सिलिण्डर उपलब्ध गराउने सहमति पनि बिहीबार भएको थियो।

कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी ल्याबले फिर्ता लैजाने समझदारी भएको छ।

पछिल्लो समय दोस्रो भेरियन्टका संक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि विध ल्याबको सञ्चालक संस्था विध म्यानेजमेन्टले चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो।

जेठ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्