एनआरएन अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि बुद्धिसागर सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्। २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि सुवेदी निर्वाचित भएका हुन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त, उपाध्यक्षमा सुमन थापा, गोपेन्द्र भट्टराई, डिलु पराजुली, विकासराज उप्रेती तथा महिला उपाध्यक्षमा दिक्षा बस्नेत निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा अन्जनकुमार चौलागाईँ, सचिवमा अनुप खनाल र महिलातर्फ सुनिता कँडेल, कोषाध्यक्षमा राजीव श्रेष्ठ, सहकोषाध्यक्षमा अग्नि ढकाल तथा महिला संयोजकमा सुन्दरी गुरुङ निर्वाचित भएका छन्।  त्यस्तै, युवा संयोजकमा त्रिभुवन पाण्डे चयन भएका छन्।
बोर्ड अफ डाइरेक्टरमा विशाल राना,  डा. प्रकाश श्रेष्ठ, बालाराज घिमिरे, डोलनाथ घिमिरे, प्रभात सापकोटा, ज्ञानेन्द्र गुरुङ, सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, विश्वराज बास्तोला, दुर्गेश कार्की र राज ढुंगाना चयन भएका छन्।
अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यहरुमा अमृत सापकोटा, सञ्जीवकुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल, संजय थापा, गोविन्द सुबेदी, नारायण कँडेल, विनोद तिवारी र बिष्णु शाह चयन भएका छन्।
जेठ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्