कोपा अमेरिका आयोजना निर्णयको ब्राजिलका राष्ट्रपतिद्वार बचाउ

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोपा अमेरिका फुटबल आयोजना गर्ने निर्णयको बचाउ गरेका छन् ।

कोरोना भाइरसको महामारी जारी रहेको तथ संक्रमण बढ्दो क्रममा रहँदा कोपा अमेरिका आयोजना गर्न लागेको भन्दै आलोचना भइरहेको छ ।

दक्षिण अमेरिकी फुटबल एसोसिएसन (कोन्मेबोल) ले गएको सोमबार अर्जेन्टिनाको सट्टा ब्राजिलले प्रयोगिता गर्ने घोषणा गरेको थियो । त्यसपछि तीव्र आलोचना हुँदै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशले राष्ट्रपति बोल्सोनारोलाई प्रतियोगिता आयोजना गर्ने निर्णयका सम्बन्ध थप जानकारी उपलब्ध गराउन आदेश दिएका छन् ।

कोरोना भाइरसको महामारीका कारण ब्राजिलमा विश्वमै धेरै प्रभावित देश मध्ये पर्छ । त्यहाँ कोभिड–१९ का कारण चार लाख ६३ हजार मानिसको ज्यान गएको छ ।

जेठ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्