स्पेन र पोर्चुगल गोलरहित बराबरीमा, रोनाल्डोले गोल गर्न सकेनन्

युरोकप फुटबलको तयारीका लागि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।

मड्रिडमा भएको खेलमा स्पेन र साबिक विजेता पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् ।

२७ वर्षका एमरिक लापोर्तेले स्पेनको राष्ट्रिय टिमबाट आफ्नो पहिलो खेलमा बराबरी गरेका हुन् । उनले हालै मात्रै स्पेनको नागरिकता प्राप्त गरेका थिए । उनले फ्रान्सबाट सिनियर फुटलबमा सहभागी भएनन् ।

खेलको अन्तिम तिर स्पेनका अल्भारो मोराटाले गोल गर्ने राम्रो प्रयास गरेका थिए, तर सकेनन् । उनले प्रहार गरेको बल बारमा लागेर फर्कियो ।

पोर्चुगलका डानिलो परेइराले हेड मार्फत प्रहार गरेको बल सीधै स्पेनका गोलरक्षक उनाई सिमोनको हातमा पुगेको थियो ।

स्पेनका मोराटा र फेरान टोरेजले गोल गर्ने केही राम्रा मौका खेर फाले । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि राम्रो मौकामा गोल गर्न सकेनन् ।

मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार राति नै भएका अरु खेलमा इटालीले चेक गणतन्त्रलाई ४–० तथा इस्टोनियाले फिनल्याण्डलाई १–०, लात्भियाले लिथुवानियालाई ३–१, कोसोभोले माल्टालाई २–१, नर्थ मेसेडोनियाले काजखस्तानलाई ४–०, हंगेरीले साइप्रस, क्यामरुनले नाइजेरिया तथा आइसल्याण्डले फारोइ आइल्याण्डलाई समान १–० ले पराजित गरेका छन् ।

स्लोभेनियाले जिब्रालटारलाई ६–० ले पराजित गरेको छ ।

जेठ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्