काठमाडौँ- उपप्रधानमन्त्रीमा नियुक्त जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको विवादास्पद अभिव्यक्तिबिरुद्ध प्रदर्शन गरेका नेकपा एमालेका नेता माधव कुमार नेपालनिकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

शनिबार साँझ प्रदर्शन गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपाल पक्षीय अखिल अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा, टपेन्द्र शाही, अशोक थापा, लक्ष्मी क्षेत्रीलगायत छन्।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: