स्वीडेनले मैत्रीपूर्ण खेलमा अर्मेनियालाई हरायो

युरोकप फुटबलको तयारीमा रहेको स्वीडेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्मेनियालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा स्वीडेनले अर्मेनियालाई ३–१ ले पराजित गरेको हो । स्वीडेनका लागि एमिल फोर्स्बर्ग, मार्कस डानिएल्सन र मार्कस बर्गले गोल गरेका हुन् । अर्मेनियाका लागि वाहन बिचाखचयनले एक गोल फर्काए ।

स्वीडेनले युरोकप २०२० मा आफ्नो पहिलो खेल जुन १४ मा स्पेनको सामना गर्ने छ ।

शनिबार राति भएका अरु मैत्रीपूर्ण खेलमा वेल्स अल्बानियासँग गोलरहित बराबरीमा रोकियो ।

रुसले बुल्गेरियलाई १–०, आइभरी कोस्टले बुर्किना फासोलाई २–१, इजरायलले मोन्टेनेग्रो तथा सेनेगलले जाम्बियालाई ३–१ र ट्युनिसियाले कंगोलाई १–० ले पराजित गरेका छन् ।

जेठ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्