अभिनेता दिलिप कुमार अस्पताल भर्ना

चर्चित अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन्।

आइतबार बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो।

बिहान ८ बजेतिर स्वासप्रस्वासमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिए पनि अहिले स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

चिकित्सकहरुले चिन्ताजनक अवस्था नरहेको बताए पनि सम्भावित खतरालाई मध्यनजर गर्दै अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले बताएको छ।

जेठ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्