यार्सागुम्बा संकलनका क्रममा लडेर मृत्यु

सांकेतिक तस्बिर।

दार्चुला – यार्सागुम्बा संकलनका क्रममा अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिंह धामीको मृत्यु भएको नौगाड गाउँपालिका–४ का अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए।

यही जेठ पहिलो साता यार्सागुम्बा संकलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेका थिए।

जेठ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्