काठमाडौँ– विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उप्रधानमन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्। कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले राजधानीको कोटेश्वरमा ओली र महतोको पुतला जलाएका हुन्।

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोध गर्दै उनीहरुले पुतला जनाएका हुन्। सरकारको उपप्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै उनीहरुले ओली र महतोविरुद्ध नारावाजीसमेत गरेका छन्।

महतोले केही दिनअघि ‘नेपाललाई बहुराष्ट्रिय राज्य’ बनाउन आन्दोलन गर्ने टिप्पणी गरेका थिए। उनको भनाइको अहिले चौतर्फी विरोध भइरहेको छ।

आइतबार मात्रै विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले जुम मिटिङ गरेर महतोको अभिव्यक्तिको प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गरेका थिए।