मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको संघर्षपूर्ण जित

युरोकपको तयारीमा रहेको इंग्ल्याण्डले मैत्रीपूर्ण खेलमा संघर्षपूर्ण जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा इंग्ल्याण्डले रोमानियालाई १–० ले पराजित गरेको हो ।

इंग्ल्याण्डको जितमा ६८ औँ मिनेटमा पाएको पेनाल्टीमा मार्कस राशफोर्डले गरेको गोल नै निर्णायक बन्यो । ७८ औँ मिनेटमा पाएको पेनाल्टीमा हेन्डर्सनले भने गोल गर्न सकेनन् ।

समूह डी मा रहेको इंग्ल्याण्डले जुन १३ मा युरोकप २०२० अन्तर्गत आफ्नो पहिलो खेलमा क्रोएसियाको सामना गर्ने छ ।

आइतबार राति भएका अरु मैत्रीपूर्ण खेलमा डेनमार्कले बोजनिया–हर्जगोबिनालाई २–०, स्कटलयाण्डले लग्जेम्बर्ग, बेल्जियमले क्रोएसिया, माल्डोभाले अजरबैजान तथा अल्जेरियाले मालीलाई समान १–० ले पराजित गरेका छन् ।

यस्तै नेदरल्याण्ड्सले जर्जियालाई ३–० तथा ग्रीसले नर्वेलाई २–१ ले पराजित गर्दा अस्ट्रिया र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन् ।

जेठ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्