दिलिप कुमार अक्सिजनकाे सहायतामा

स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना भएका अभिनेता दिलिप कुमारको अवस्था स्थिर रहेको छ।

हाल उनलाई अक्सिजनको सहायता दिएर उपचार भैरहेकाे छ।

दिलिप कुमारलाई भेन्टिलेटरमा राखिएको नभइ अक्सिजनको सहायता दिएर उपचार भैरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको उनको ट्विटर ह्याण्डलमार्फत जानकारी दिइएको छ।

यसअघि केही सञ्चार माध्यमले उनलाई भेन्टिलेटरमा राखिएको समाचार प्रकाशन गरेका थिए।

तर दिलिप कुमारको आधिकारिक ट्विटर ह्याण्डलबाट सार्वजनिक सूचनामा उनलाई भेन्टिलेटरमा नभइ अक्सिजनको सहायता दिएर उपचार भैरहेको उल्लेख छ।

दिलिपकुमारको स्वास्थ्यलाई लिएर अफवाह नफैलाउन पनि आग्रह गरिएको छ। स्वास्थ्यमा समस्या आएपछि आइतबार उनलाई मुम्बइको हिन्दुज अस्पतालमा भर्ना गरिएको थियो।

जेठ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्