कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

काठमाडौँ – अचानक मुटुमा समस्या आएपछि वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। आइतबार अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएका हुन्।

उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिए। गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो।

श्रेष्ठलाई सोमबार डिलक्स रुममा सारिएको डा. यादवले जानकारी दिए।

श्रेष्ठ केहीअघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए।

जेठ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्