जर्मनीको शानदार जित, गर्‍यो आधा दर्जन गोल

युरोकप फुटबलको तयारीमा रहेको जर्मनीले मैत्रीपूर्ण खेलमा शानदार जित दर्ता गरेको छ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ ले पराजित गरेको हो ।

जर्मनीले एक गोल उपहार स्वरुप पायो भने आधा दर्जन गोल आफै गरेको हो । १९ औँ मिनेटमा गोसेन्स, २१ औँ मिनेटमा इल्केइ गुण्डोगान, ४५ औँ मिनेटमा ग्नाब्री, ५० औँ मिनेटमा वेर्नर तथा ७६ औँ मिनेटमा लिरोय साने गोल गरे ।

३९ औँ मिनेटमा लात्भियाका ओजोल्सले आत्मघाति गोल गरे । लात्भियाका लागि ७५ औँ मिनेटमा सेभल्जेभ्सले एक गोल फर्काए ।

सोमबार राति भएका अरु खेलमा युक्रेनले साइप्रसलाई ४–० तथा फारोइ आइल्याण्डले लिचेस्टाइनलाई ५–१ ले पराजित गर्दा सर्बिया र जमैकाले १–१ तथा एन्डोरा र जिब्रालटारले गोलरहित बराबरी खेलेका छन् ।

जेठ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्