रेडपाण्डाको छालासहित कैलालीबाट एकजना पक्राउ

सांकेतिक तस्बिर

कैलाली– कैलालीमा रेडपाण्डाको छालासहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

गोदावरी नगरपालिका– ५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छालासहित बझाङको वित्थड गाउँपालिका –५ देउलेखका अमर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

प्रहरीले धामीका साथबाट रेडपाण्डाको छाला एक थान बरामद गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको बताइएको छ।

जेठ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्