स्रोत नखुलेको ३० लाख रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ

वीरगञ्ज– स्रोत नखुलेको ३० लाख ७६ हजार रकमसहित दुई जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

स्रोत नखुलेको रकमसहित भारतको मोतिहारी जिल्ला घोडासहन बस्ने २२ वर्षीय बन्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापस्थित नेपाल–भारत सीमाबाट उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ बीआर ०५ आर ४२५१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट ३० लाख ७६ हजार स्रोत नखुलेको रकम बरामद गरिएको रौतहटका प्रहरी प्रवता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

रकमसहित दुबैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए।

जेठ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्