बाँकेमा उपचाररत थप तीन संक्रमितको मृत्यु

सांकेतिक तस्बिर।

नेपालगञ्ज – बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दिया र दाङका तीनजनाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दाङ लमही नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ २४ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

दाङ राजपुर गाउँपालिका वडा नं। ५ का ५३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १९ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।

बर्दिया बारबर्दिया नगरपालिका वडा नं। ७ का ६५ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । जेठ १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय २७ जनाको मृत्यु भएको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्