फोटो फिचर

बी एण्ड सी अस्पताललाई सम्बन्धन दिने निर्णयको विरोधमा प्रदर्शन (तस्बिरहरु)

फोटो फिचर

काठमाडौँ – दुर्गा प्रसाईँ सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन तयारीको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

गएको वैशाख ३१ गते बसेको काठमाडौँ विश्वविद्यालयको कार्यकारी परिषदको ६२५ औँ बैठकले बी एण्ड सीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको थियो ।

त्यसको विरोधमा सोलिडारिटी फर डा. गोविन्द केसीको आह्वानमा बिहीबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रहरीले प्रदर्शनकारीलाई माइतीघरबाट नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागी युवाहरुले ‘चोरबाटोबाट सम्बन्धन दिने काम बन्द गर, कानून मिच्न पाईँदैन, चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गर’ सहितका नारा लेखिएका प्लेकार्डि बोकेका थिए ।

निरीक्षण प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको जनाएको थियो ।