दुर्गमका १२० घरधुरीका दलित परिवारलाई मास्क वितरण

सिमकोट – दुर्गममा दलित परिवारका सदस्यहरूलाई मास्क वितरण गरिएको छ। अन्यत्र कतैबाट मास्क नपाएको र आर्थिक रुपमा विपन्न परिवारका सदस्यलाई निःशुल्क मास्क वितरण गरिएको हो।

मास्कसहित ४ पिस नुहाउने साबुन पाएको सूर्य कामीले बताए।

उनले भने, ‘कसैबाट स्वास्थ्य सामग्री नपाएका बेला उक्त सहयोगले कोरोनाविरुद्ध लड्न मद्दत मिलेको छ।’
सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का १२० घरधुरीका ६ सय सदस्यलाई तीन तीन थान सर्जिकल मास्क वितरण गरिएको वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर बोहराले जानकारी दिए।

त्यसैगरी, एक घरपरिवारलाई चार वटा नुहाउने साबुन पनि वितरण गरिएको आधार विकास कार्यक्रमका शिक्षा अधिकृत कुन्जोल लामाले बताए।

गत वर्ष पनि कोरानाका बेला सो कार्यक्रमले मास्क तथा साबुन वितरण गरेको थियो।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्