कोभिड जितेका पोलिस नागरिक भन्छन्, ‘नेपालमा पनि युरोपस्तरको अस्पताल रहेछ’

काठमाडौं—विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आएका पोल्याण्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आयो।

शरीर थिलथिलो भएपछि उनको तत्काल पीसीआर चेक गरियो। कोभिड १९ को संक्रमण पुष्टि भयो। उनीसँगै उनको टिमका तीन जनामा संक्रमण देखियो।

अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था भने जटिल बन्दै गयो। स्वयं उनलाई पनि आफू बाँच्छुजस्तो लागेको थिएन रे! ‘नेपालमा युरोपमा जस्तो स्वास्थ्य सेवा नपाइएला, अब यतै मर्नुपर्ने अवस्था बन्ने भयो भन्ने लागेको थियो।’

बुधबार स्वदेश फर्किनुअघि थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्जको कागजात बुझ्दै टोमास्जले भने–‘तर, यहाँ पनि युरोपका झै स्तरीय अस्पताल रहेछन्।’

उनले आफूले हचुवाको भरमा नर्भिक अस्पतालको सेवालाई युरोपका अस्पतालले दिने सेवासँग तुलना नगरेको पनि प्रष्ट्याए।

‘मैले यो कुनै कथा भनिरहेको छैन, यो यथार्थ हो।’ उनले भने–‘नर्भिकको मेडिकल प्रोसेड्यूर र सेवा युरोपकै जस्तै रहेछ। मैले यहाँ बस्दाका प्रत्येक प्रोसेड्यूरको विषयमा युरोपस्थित मेरा निजी चिकित्सकहरूलाई जानकारी गराउने गरेको थियो, उनीहरूले पनि नर्भिकको मेडिकल प्रोसेड्यूर चेक गरे। नर्भिकका डाक्टरहरूलाई पनि युरोपका मेरा डाक्टरहरूसँग निरन्तर सम्पर्क गराएका थिए। सो क्रममा मेरा निजी डाक्टरहरूले नै पनि ‘नर्भिकको सेवा तथा उपचार प्रक्रिया युरोपको जस्तै रहेको’ भनेका छन्।

कोभिड संक्रमणबाट ग्रस्त भई गम्भीर बनेका उनी करिब एकमहिना लामो उपचारपछि ठीक भएका हुन्।

अस्पतालका डाक्टरहरूकाअनुसार नर्भिक ल्याइपुर्‍याउँदा उनको अवस्था निकै जटिल थियो सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको थियो।

उनले नर्भिक अस्पतालबाट विदा हुँदै गर्दा नेपालजस्तो सानो र विकासोन्मुख मुलुकमा समेत युरोपकै स्तरको स्वास्थ्य सेवा रहेकोमा खुसी प्रकट गरे।

नर्भिकका डाक्टर तथा नर्सहरूको व्यवसायिकता, मीठो बोलीबचन र हसमुख व्यवहारको समेत उनले खुलेर प्रशंसा गरे।

‘यहाँका डाक्टरहरू पूर्ण व्यावसायिक रहेछन्। डा. शैलेन्द्र, डा. ऋतिका लगायतको सेवा निकै प्रोफेसनल लाग्यो।’ उनले थपे–‘नर्सहरू समेत कोमल हृदयका र सहयोगी भावना बोक्ने रहेछन्। उनीहरूको मुस्कान त झनै राम्रो।’

उनले अस्पतालमा आफूलाई कुनै समस्या नरहेको र नेपाल जाने आफूजस्तै पर्यटक तथा आफ्ना साथीभाइलाई कुनै स्वास्थ्य समस्या परे नर्भिक नै जान आफूले सल्लाह दिनेसमेत बताए।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्