रहेनन् पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारी

काठमाडौं – पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव समेत भएका थिए। उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तक पनि लेखेका छन्।

उनका प्रमुख कृतिमा शिव महिम्न स्तोत्र (२०५३), नारद तथा शाण्डिल्य भक्ति स्तोत्र २०५५, श्रीमद्भागवत स्तुतिपुष्प (२०५७), पतञ्जलि योगसूत्र (२०६१), अमरापुरीभन्दा माथिको नन्दन वन (२०६४), गीताः मैले बुझेका केही कुरा (२०७३) र चिन्तन, मनन, अध्ययन गर्दा राम्रो हुन्छ कि ! (२०६६) छन्।

अधिकारीले ४७ वर्षसम्म लगातार सरकारी सेवामा रही काम गरेका थिए। उनको लैनचौरस्थित आफ्नै निवासमा बिहीबार निधन भएको हो।

उनका दुई छोरा र एक छोरी छन्।

 

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्