गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध मतदान जारी

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका छन्।

अहिले प्रदेससभाको बैठकमा गुरुङले आफूलाई किन विश्वासको मत दिने भन्नेबारे धारणा राखिसकेका छन्।

उनले अरु प्रदेशको तुलनामा गण्डकी प्रदेश नमुना प्रदेशका रुपमा रहेको र धेरै जनमुखी काम गरेको दाबी गरेका छन्।

आफ्नो प्रदेशमा सहमतिय सरकार बनाउनेबारे छलफल भए पनि विश्वासको वातावरण बन्न नसकेको बताए। ६० सदस्यीय प्रदेशसभामा गुरुङले विश्वासको मत पाउने संभावना कम रहेको छ।

स्वतन्त्र हैसियतमा जितेका राजीव गुरुङ सरकार कायम राख्ने वा ढल्ने कुराकोे निर्णायक बनेका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले गुरुङको विपक्षमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई अघि सारेका छन्।

तर जनमोर्चाका दुुई जना सांसदहरु कृष्ण थापा र खिम विक्रमले गुरुङको पक्षमा मतदान गर्ने संभावना छ। विपक्षी गठबन्धनसँग २९ मत देखिएको छ भने राजीव गुरुङ दीपक मनाङले मसथर्न गरेमा सरकारको पक्षमा ३१ मत पुग्नेछ।

अहिले प्रदेशसभामा मतदान सुरु भएको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्