प्रदेश १ सरकारले ल्यायो नीति तथा कार्यक्रमः स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

मोरङ– प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। विराटनगरस्थित प्रदेश सभा भवनमा बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

यसपटक प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ। त्यसैगरि नयाँ योजना थपभन्दा पनि सरकारले पुरानैलाई निरन्तरता दिने भएको छ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दलहरुले भने पूरा गर्न नसकिएको विगतकै कार्यक्रम अघि बढाइएको टिप्पणी गरेका छन्।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले कार्यक्रम पुरानै कुरालाई समेटर आएको बताए। कार्यक्रम आफ्ना कार्यकर्ता भरणपोषण गर्ने प्रकारले ल्याएको उनको भनाइ छ। गतवर्ष नै औचित्य नदेखिएका केही कार्यक्रमलाई पुनः रकम थप गरेर ल्याइएको भन्दै नेता यादवले असन्तुष्टि व्यक्त गरे।

पुरानै पुलिन्दालाई बाँधेर कार्यक्रम आएको बताउँदै सरकारले आफ्ना निकटस्थत कार्यकर्तालाई बजेट छर्ने हिसाबमा काम गरेको उनले भनाइ छ। सरकार कार्यमूखी भन्दा पनि वितरणमूखी कार्यक्रममा केन्द्रित भएको यादवले आरोप छ।

त्यसैगरि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचतेक केदार कार्कीले प्रदेशको हितभन्दा पनि लथालिङ्ग प्रकारको कार्यक्रम आएको बताए। विषयगत रुपमा प्राथमिकता पनि नदिइकन कार्यक्रम प्रस्तुत गरिएको बताउँदै कार्कीले सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएजस्तो गरेपनि सीमितमा राखेको बताए।

कार्यक्रम राजनीति दल, नेताप्रति वितृष्णा पैदा गर्ने प्रकारको आएको उनको भनाइ छ। सुरुमा जनतामाझ कार्यक्रम कर्णप्रिय भएर सुनिए पनि त्यसको कार्यान्वयन नहुने हुँदा सबैमा वितृष्णा पैदा गराउने खालको बजेट हुने उनले बताए।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्