सिंहदरबारमा पुनर्गठित मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ– नवनियुक्त मन्त्रीहरुसहित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ सवा ६ बजे बैठक सुरु भएको हो। बैठकमा नवनियुक्त तथा पुराना गरी सबै मन्त्रीहरु सहभागी छन्।

बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका थिए।

प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद्‌मा मन्त्री र राज्यमन्त्रीसहित ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्।

नवनियुक्त मन्त्रीहरुले आजै सपथसमेत लिइसकेका छन्।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्