डाँका मुद्दामा ६ वर्ष कैद पाएका प्रतिवादी १२ वर्षपछि पक्राउ

वीरगञ्ज – चोरी डाँका मुद्दामा सजाय पाई फरार रहँदै आएका एक प्रतिवादीलाई बारा प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीले फरार रहेका बारा विश्रामपुर गाउँपालिका–५ बस्ने ४० वर्षीय पन्नालाल महतो धानुकलाई पक्राउ गरेको हो।
पक्राउ परेका धानुकलाई जिल्ला अदालत बाराले २०६६ साल मंसिर १६ गतेको फैसलाले चोरी डाँका मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष कैद तथा ६४ हजार ५ सय जरिवाना तोकेको थियो।

सोही बेलादेखि फरार रहेका उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका धानुकलाई जिल्ला अदालतको आदेशअनुसार उनलाई लागेको कैद भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाइएको मिश्रले बताए।

 

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्